×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड विनियोजन

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । झापाको बाउनडाँगीदेखि डडेलधुराको रुपाल भित्री मधेस क्षेत्रमा अवस्थित ठूला उपत्यका जोड्न निर्माणाधिन मदन भण्डारी राजमार्गको गुल्मी, अर्घाखाँची, डोल्पा र सुर्खेतको स्तरोन्तती गर्नका लागि उक्त रकम विनियोजन गरिएको हो ।

यता सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा गर्नुका साथैै उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी