काठमाडौं । सरकारले व्यापारभन्दा उद्योगको ऋणको ब्याजदर सस्तो बनाउने घोषणा गरेका छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा उत्पादनमुलक क्षेत्रको ब्याजदरको अन्तर कम गर्ने घोषणा गरेका छन् । साथै सहुलियतपूर्ण कर्जाको ब्याजदर अनुदानको लागि १३ अर्ब ५९ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।
यस्तै सरकारले पुष्पलाल राजमार्ग निर्माणका लागि ९ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड विनियोजन गरेको छ भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा गर्नुका साथैै उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्