काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले बजेटमा विद्युत् प्राधिकरणको आइपीओ प्रिमियम मूल्यमा जारी गर्ने घोषणा गरेका हुन् । यस्तै सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई आइपीओमा १० प्रतिशत आरक्षण दिने भएको भने सरकारले सरकारी कर्मचारीको तलव १५ प्रतिशतले बढाउने घोषणा गरेको छ ।