काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.को”Re-visioning Conference” मिति २०७९/०२/१३ र १४ गते दुई दिन चितवनको सौराहमा १२ वुँदे घोषणा पत्र जारि गर्दै सम्पन्न भएको छ । सम्मेलनमा संचालक समिती, संस्थापक तथा सर्बसाधारण शेयरधनीहरु, संस्थामा आवद्ध सदस्यहरु र कर्मचारीहरु समेतको उल्लेखिय सहभागिता रहेको थियो । सम्मेलनको पहिलो दिनमा वित्तीय संस्थाले लिएको विगत वर्षहरुमा लक्ष्य अनुसार भएका प्रगतीका बारेमा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सरोज कुमार सिंहद्वारा प्रतिवेदन पेश गरेका थिए ।
सम्मेलनमा संचालक समिति, शेयरधनी, ग्राहक सदस्य, व्यबस्थापन र कर्मचारीहरुको विभिन्न प्यानल सदस्यहरु रहि लघुवित्त कार्यक्रमले गरिबी निवारण तथा अति विपन्न परिवारको वित्तीय पहुँचमा पुर्याएको योगदान, लघुवित्तले सदस्यको आय स्तर, रोजगारी, उद्यमशिलता तथा व्यवसाय बिस्तारमा गरेको योगदान, सदस्यहरुको संस्था प्रतिको धारणा, संस्थाले उपलब्ध गराएको सेवाहरुमा सदस्यहरुको सन्तुष्टी, शेयरधनीको संस्थाले उपलब्ध गराएको प्रतिफल प्रतिको धारणा, तरलताको कारण कार्यक्रममा पारेको प्रभाव, शाखा कार्यलयहरुमा भएको गतिविधि, कर्मचारीहरुको योगदान, अवसर, वृत्ति विकास र चुनौती लगायतका विषयमा छलफल गरिएको थियो ।
सम्मेलनको दोस्रो दिन लघुवित्त क्षेत्रमा सुचना तथा प्रविधिको आवस्था ,संस्थाको सुचना तथा प्रविधिमा भएको विकास, कार्यक्रम विस्तार तथा वित्तीय र गैर वित्तीय योजनाहरु विभिन्न विभागहरुको प्रस्तुतीकरण रहेको थियो । त्यस्तै, उक्त सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेद्वारा संस्थाले हाल सम्म प्राप्त गरेको प्रगति विवरण र आगामी ५ बर्षमा संचालन गर्न सकिने कार्यक्रमहरु बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्र माथि उपस्थित सदस्यहरु, कर्मचारीहरु र शेयरधनीहरु लगायत सबैले टिप्पणी, सुझाब र मार्गनिर्देशन लिई संस्थाका अध्यक्ष प्रभु नारायण चौधरीबाट १२ बुँदे घोषणपत्र जारी गरिएको थियो । अन्त्यमा सम्मेलनमा सहभागी ग्राहक सदस्य, शेयर धनीहलाई मायाको चिनो मार्फत सम्मान गर्दै संस्थाका अध्यक्ष एवम कार्यक्रमका सभापति प्रभुनारायण चौधरीद्वारा कार्यक्रमको समापन गरेका थिए।
दुई दिने सम्मेलनको सञ्चालन वित्तीय संस्थाकी वरिष्ट अधिकृत कल्पना अधिकारीले गरेकी थिईन भने सम्मेलनको सहजकत्र्ताहरुमा शाखा प्रवन्धक हेमराज दाहाल, वित्त विभाग प्रमुख राजन मगर, सामान्य प्रशासन तथा मानव संसाधन व्यबस्थापन विभाग प्रमुख रमेश चौधरी, प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सञ्चालक भानुभक्त निरौंलाले गरेका थिए । राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको महुली लघुबित्त वित्तीय संस्था लघुवित्तले ७ प्रदेशको ३४ जिल्लामा ६४ वटा शाखा कार्यालयहरु मार्फत ७७,००० सदस्यहरुलाई लघुवित्त सेवा प्रवाह गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्