×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय पुनः थपियो, लगानीकर्ताहरुले अब कहिलेसम्म पाउँछन् भर्न?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय पुनः थपियो, लगानीकर्ताहरुले अब कहिलेसम्म पाउँछन् भर्न?

Artha Sarokar

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय पुनः थप गरिएको छ ।  कम्पनीको आइपिओमा अब जेठ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गरेको हाइड्रोपावरको आइपीओ यसअघि पनि समय थप गरेर  जेठ १६ गतेसम्म आइपीओ भर्ने समय थपेको थियो । कम्पनीले वैशाख २५ गतेदेखि आयोजना प्रभावितलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजीको ८.२२ प्रतिशत अर्थात ९ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दालाई आइपीओ जारी गरेको हो । त्यस्तै, मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा नं ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दाहरुको लागि आइपीओ निष्कासन गरेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी