×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, ३ दिन कैद र ९ लाख ५० हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, ३ दिन कैद र ९ लाख ५० हजार जरिवाना

Artha Sarokar

१६ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । रामेछाप जिल्ला सुनापाती गाउँपालिका वडा नं.५ घर भई हाल भक्तपुर बस्ने  ४६ बर्षिय कृष्णभक्त मानन्धर सो कसुरमा पक्राउ परेका हुन् ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी एनआइसी एसिया र माछापुच्छ्रे बैंक लिमिटेडको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाट मिति २०७९/०२/१६ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ३ दिन कैद र ९ लाख ५० हजार जरिवाना सुनाएको थियो। उनलाई बुकाभ्रेपलाञ्चोक, वनेपा न.पा. वडा नं. १, नालाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी