×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने, बिहीबारदेखिनै लागू हुने

PRIME CA

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने, बिहीबारदेखिनै लागू हुने

२७ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वव्यापी रूपमा फैलिरहेको कोभिड-१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितहरुले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन् । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ हुँदै आइरहेका थिए ।
आम बीमितहरुको यहि समस्यालाई विचार गरी राहत स्वरूप ज्येष्ठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरिएको छ । २०७८ आषाढ मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितले उक्त छुट पाउनेछन् । व्यतित बीमालेख अवधिमा ३ महिनाका लागि शत प्रतिशत छुट पाइनेछ भने ३ महिनादेखि ६ महिनाका लागि ७५ प्रतिशत पाइनेछ । यस्तै ६ महिनाभन्दा माथिका लागि ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: