×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हिउँदे धान भित्र्याउँदै सहरेटारका किसान, बागलुङ बजारमा मकै पोलेर बेच्दै महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : हिउँदे धान भित्र्याउँदै सहरेटारका किसान, बागलुङ बजारमा मकै पोलेर बेच्दै महिला

Artha Sarokar

१७ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, सहरेटारका किसान चैतमा लगाइएको हिउँदे धान भित्र्याउँदै । यस वर्ष धान उत्पादन राम्रो भए पनि भित्र्याइने समयमा निरन्तर भएको वर्षाले प्रभावित बनाएकोदेखि बागलुङ बजारमा मकै पोलेर बेच्दै महिला सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, सहरेटारका किसान चैतमा लगाइएको हिउँदे धान भित्र्याउँदै । यस वर्ष धान उत्पादन राम्रो भए पनि भित्र्याइने समयमा निरन्तर भएको वर्षाले प्रभावित बनाएको छ ।

बागलुङ बजारमा मकै पोलेर बेच्दै महिला ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-४ स्थित उत्तम अल्लो उद्योगमा उत्पादनगरी विक्रीका लागि बजारमा राखिएका अल्लोका सामग्रीहरु ।

रसुवा सदरमुकाम धुञ्चे क्षेत्रमा नेपाल टेलिकमको लेनलाइन फोन व्यवस्थित गरिँदै । अप्टिकल फाईवर मार्फत टेलिफोन, इन्टरनेट र टिभि एउटै तारबाट दिनेगरी सेवा बिस्तार गर्न लागिएको टेलिकम रसुवाले जनाएको छ ।

कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि टिकट लिन लामबद्ध बिरामीहरु। पहिले अस्पतालले टोकन प्रणालीबाट टिकट वितरण गर्दै आएकोमा अहिले त्यस व्यवस्थालाई हटाएपछि बिरामीलाई सास्ती भएको छ ।

मोरङको ग्रामीण क्षेत्रबाट बिक्रीका लागि गाडामा राखेर ल्याइएको बाँस विराटनगरकोे बजारतर्फ लगिँदै ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गोकर्णेश्वर नगरपालिका वडा नं २ स्थित भूमिस्थलीमा मेलम्ची खानेपानी आयोजनाका लागि दोस्रो चरणको पाइप बिच्छ्याउँदै । मेलम्ची खानेपानी आयोजनाले अधिग्रहण गरेको जग्गामा पाइप बिच्छ्याएर पानी पोखरी भएको स्थानसम्म ल्याउन लागिएको हो । यसअघि बिच्छ्याएको पाइपबाट हाल पानी वितरण भइरहेको छ । मेलम्ची खोलापछि पानी ल्याइने भनिएको याङ्री र लार्केको तयारीका लागि थप पाइप बिच्छ्याउन लागिएको हो ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ को लुङ्गुफाँटमा चर्दै गरेका च्याङग्रा । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन हो । 

 

म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा रहेको हरियाली ग्रुपले व्यावसायिक रुपमा पालन गरेको स्थानीय जातका कुखुरा । व्यवसायिक रुपमा यहाँ तरकारीखेती, माछापालन, कालिजपालन र कुखुरापालन गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी