×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सङ्घीय सरकारद्धारा म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड बजेट विनियोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सङ्घीय सरकारद्धारा म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड बजेट विनियोजन

Artha Sarokar

१८ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल रु. दुई अर्ब ११ करोड ६१ लाख विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेका बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ ।

बेनी नगरपालिकाले रु. ५१ करोड ४२ लाख, अन्नपूर्ण गाउँपालिकाले रु. ३३ करोड ८३ लाख र धवलागिरि गाउँपालिकाले रु. २७ करोड ६७ लाख अनुदान पाउने भएका छन् । यसैगरी मङ्गला गाउँपालिकाले रु. ३१ करोड २९ लाख, मालिका गाउँपालिकाले रु. ३५ करोड दुई लाख र रघुगङ्गा गाउँपालिकाले रु. ३२ करोड ३८ लाख अनुदान पाउने भएका छन् ।

सङ्घीय सरकारले म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ का लागि रु. दुई अर्ब ६९ लाख र २०७७/७८ मा रु. एक अर्ब ७७ करोड विनियोजन गरेका थिए । सङ्घ र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँटको प्रक्रिया थालेका छन् । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी