काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) र वित्त निगम (आईएफसी/विश्व बैंक) को संयुक्त आयोजनमा सुरक्षित अन्तर्राष्ट्रिय कारोबार र कर्जा विविधिकरण विषयमा काठमाण्डौमा कार्यक्रम सम्पन्न भएको छ । नेपालमा निजी क्षेत्र–विशेषगरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई (MSMEs), जसलाई नेपाली अर्थतन्त्रको आधारस्तम्भ मानिन्छ, वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरुको विकास एवं विस्तारमा बाधा पुगिरहेको आम गुनासो आइरहेको सन्दर्भमा कर्जा विविधिकरणलाई प्रोत्साहन गर्न एवं वित्तिय पहुँच अभिवृद्धिका लागि सिबिफिन र आईएफसी, (विश्व बैंकको सदस्य संस्था) ले उक्त कार्यक्रमको आयोजना गरेका हो ।
नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरु (MSMEs), को क्रेडिट ग्याप करिब ३.६ अरब रुपैया रहेको विश्व बैंकको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको अति महत्वपूर्ण योगदान रहदा रहदै पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्दै आइरहेका छन् । मुलतः यसै विषयलाई मध्यनजर गर्दै सुरक्षित कारोबार ऐनमा भएका व्यवस्थाहरुको सुधार गर्दै बैंक तथा वित्तिय संस्थालाई कर्जा विविधिकरण गर्न प्रोत्साहन गर्नु र (MSMEs) हरुको वित्तीय पहुँचमा सहयोग पुर्याउनु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो ।
“अहिलेको उन्नत बजारमा चल सम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तीका लागि धितोको प्राथमिक आधारको रुपमा प्रयोग गर्ने गरिन्छ”, आईएफसी/विश्व बैंकका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकर एस. फायले बताए । उनले भने, “हाल प्रचलित चल धितो सम्पत्तिले वित्तिय एवं आर्थिक विकास र कर्जाको जोखिम एवं कर्जा लागत न्यूनिकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमहरु (एमएसएमई) हरुको वित्तीय पहुँच बढाउन मद्दत पुर्याउछ ।”
सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले भने, “चल धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवं पूर्वाधार विकास कम्पनीहरुको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्नेछ ।” उनले लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको वृहत उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुट भएर चल धितो सम्पतिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) का विषयविज्ञहरुले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यवसायिक उदाहरणहरु प्रस्तुत गर्दै, नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सहभागिता जनाएका प्रतिनिधिहरुले नेपालमा सुरक्षित कारोबार, चल धितो सम्पत्ति र वित्तीय पहुँच अभिवृद्धिका विषयमा थप जानकारी दिएको र कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताएका थिए ।
यस कार्यक्रममा आइएफसीका उच्च अधिकारी तथा विज्ञ, सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा संचालक, बैंक तथा वित्तीय संस्थाका सम्बन्धित उच्च अधिकारीहरु, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधी र कानुनी विज्ञहरुको सहभागिता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्