×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तनहुँको पर्यटकीय नगरी बन्दीपुरको बजारमा देखियो झिलिमिली, असैनामा गरिँदै मेसिनको सहायताले सडक कालोपत्रे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : तनहुँको पर्यटकीय नगरी बन्दीपुरको बजारमा देखियो झिलिमिली, असैनामा गरिँदै मेसिनको सहायताले सडक कालोपत्रे

Artha Sarokar

१८ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको मुख्य बजारमा देखिएको झिलिमिली । बन्दीपुरमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेकोदेखि शुक्लाफाँटा नगरपालिका– ४ असैनामा मेसिनको सहायताले सडक कालोपत्रे गरिँदै । एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा चार किलोमिटर सडक कालोपत्रेको कार्य भइरहेको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

तनहुँको पर्यटकीय नगरी बन्दीपुरको मुख्य बजारमा देखिएको झिलिमिली । बन्दीपुरमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।

शुक्लाफाँटा नगरपालिका– ४ असैनामा मेसिनको सहायताले सडक कालोपत्रे गरिँदै । एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा चार किलोमिटर सडक कालोपत्रेको कार्य भइरहेको छ ।

बाँकेको खजुरा गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी र पृष्ठभूमिमा देखिएको नीलगिरि हिमाल ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जिल्लाका सामुदायिक विद्यालयहरुको लागि पाठ्यपुस्तक विक्रिका लागि बनाएको डिपोमा रहेका पाठ्यपुस्तक । जिल्लामा संयुक्त रुपमा पाठ्यपुस्तक वितरणका लागि व्यवसायीहरुले बेनीमा डिपो सञ्चालनमा ल्याएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङमा नागरिकता बनाउन आएका नागरिक ।

शुक्लाफाँटा नगरपालिका– ९, सिसैयास्थित बृन्दावन सामुदायिक छाडा चौपाया व्यवस्थापन कार्यको बुधबार निरीक्षण गर्दै नगरप्रमुख रणबहादुर महरालगायत ।

भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेको विदेशी दातृ नियकाबाट एक दशक अगाडिसम्म सञ्चालित भक्तपुर हस्तकला उद्योगको जीर्ण भवन । उद्योग बन्द भएपछि भक्तपुर नगरपालिकाले खरिद गरेको थियो ।

तनहुँको सदरमुकाम दमौलीमा लिची बिक्री गर्दै एक व्यापारी । व्यापारीले लिची प्रतिकिलो रु २०० मा बिक्री गर्ने गरेका छन् ।

झापाको दमकमा साताको बुधबार लाग्दै आएको पशुबजारमा बिक्रीका लागि राखिएको चौपाया ।

राष्ट्रियसभाको बुधबार बसेको बैठक ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी