सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा रहेका सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । बुधबार प्रशासन कार्यालयले विभिन्न २१ सरकारी कार्यालयमा अनुगमन गरेको हो ।
छ कार्यालयका ११ कर्मचारी अनुपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार जिल्ला मालपोत कार्यालयमा दुई, विद्युत प्राधिकरण शाखा कार्यालयमा तीन, शिक्षा समन्वय एकाइमा एक, पूर्वाधार विकास कार्यालयमा दुई, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा एक र स्वास्थ्य कार्यालयमा एक गरी जम्मा ११ कर्मचारी अनुगमनको समयमा अनुपस्थिति रहेका थिए ।
बिहान ९ देखि ११ बजेसम्म गरिएको अनुगमनमा अधिकांश कर्मचारीले कार्यालय पोशाक पनि नलगाएको देखिएको श्रेष्ठले जानकारी दिए । अनुगमनका क्रममा अनुपस्थित रहेका कर्मचारीका बारेमा तत्काललाई सम्बन्धित कार्यालयलाई स्पष्टीकरण सोधिने र दोस्रो चरणमा पनि उही कर्मचारी अनुपस्थित रहेमा सम्बन्धित कर्मचारीलाई नै स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अगाडि बढाइने सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्