×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सदरमुकाममा बहुउद्देश्यीय भवन निर्माण सुरु, १८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सदरमुकाममा बहुउद्देश्यीय भवन निर्माण सुरु, १८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य

Artha Sarokar

१९ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बैतडी । बैतडी सदरमुकामस्थित गोठलापानीमा दशरथचन्द बहुउद्देश्यीय नगर भवन निर्माण सुरु भएको छ । भवन गोठलापानी बजार छेउमै बनाउन लागिएको हो । नगर विकास कोषबाट प्राप्त ७० प्रतिशत ऋण र नगरपालिकाको ३० प्रतिशत लगानीमा उक्त भवन निर्माण गर्न लागिएको नगरपालिकाका इञ्जीनियर जयसिंह बोहराले बताए । तत्काल दुईतले भवन निर्माण गर्ने योजना छ ।

रु. तीन करोड ७४ लाख ३ हजार ६६८ को लागतमा बन्ने भवनमा सवारी साधन पार्किङको सुविधासहित कार्यालय प्रयोजन र व्यावसायिक सटर, बैठककक्ष निर्माण गरिने जनाइएको छ । उक्त भवन १८ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको छ । भवन निर्माणको जिम्मा न्यू ड्रागन / जेभीले पाएको छ । निर्माण गर्न लागिएको उक्त भवन नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ) र उपप्रमुख कौशिला चन्दले संयुक्तरूपमा शिलान्यास गरे । यसअघिको नगरभवन जीर्ण भएकाले त्यो ठाउँमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको हो । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी