Skip to content
LAXMI SUNRISE BANK

 ‘भालु ग्याङ्ग’ नामक ग्रुप बनाएर फेक आईडी मार्फत सेयर लगानीकर्ताको चरित्र हत्या गर्ने एक पक्राउ !

अर्थ सरोकार

काठमाडौँ । समाजिक संजालमा ‘भालु ग्याङ्ग’ नामक ग्याङ्ग बनाएर सेयर लगानीकर्ताहरुको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । साइबर ब्युरोले प्रकाश जोशी नाम गरेका एकलाई आज पक्राउ गरेको हो । उनले भालु ग्याङ्ग नामक ग्रुप बनाएर सेयर बजार घट्छ भन्ने रटान लगाउंदै आएका थिए भने अरुको तस्विरसमेत पोष्ट गरी चरित्र हत्या गर्दै आएका थिए । उनलाई सामाजिक संजालमार्फत अरुको चरित्र हत्या गरी साइबर कसुर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ भने थप अनुसन्धान गरिरहेको छ ।

किर्तिपुर बस्ने एक अर्का सेयर लगानीकर्ताको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । उनीविरुद्ध साइबर अपराधको मुद्धा चलाउने तयारी भईरहेको छ । सो ग्याङ्गले केहि समय यता विभिन्न व्यक्तिहरुको फोटो ग्रुपहरु पोष्ट गर्दै उनीहरुको चरित्र हत्या गर्दै आएको थियो । प्रहरीले उनीमाथि थप सोधपुछ गरिरहेको छ भने सो ग्याङ्गका अरुलाई पनि पक्राउ गर्नेगरी गृहकार्य गरिरहेको छ ।

प्रहरीले विभिन्न उजुरीका आधारमा सो ग्याङ्गका सबै र सामाजिक संजालमा यस्तै प्रकृतिका कसुर गर्ने थप ४ लाई पनि खोजी गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK