
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता भएको छ । बैकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले प्राकृतिक चिकित्सा एवं वैकल्पिक औषधोपचारका लागि प्रख्यात भरतपुर, चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल प्राईभेट लिमिटेड बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता गरेको हो ।
सम्झौतामा बैकका नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र चित्रावन नेचर क्युअर अस्पतालका निर्देशक डा.विशाल सापकोटाले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता–पत्रअनुसार चित्रावन नेचर क्युअर हस्पिटलमाबेड चार्जेज, जेनेरल प्याथोलोजी, बाहय रोग उपचार लगायत विभिन्न स्वास्थोपचार सेवाशुल्कमा ग्राहकहरुले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिसतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्