काठमाडौँ । सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई रु पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । सन नेपाल लाईफ ईन्स्योरेन्सका विमित नाबालक रुद्रमणी गौतमको प्रस्तावक तथा आमा चन्दा गुरुङ्ग गौतमको ALD Alcoholic Hepatitis Decompensated को कारणबाट मृत्यु भएको हुँदा निज प्रस्तावकको मृत्यु दाबीको मासिक आय सुविधा (MIB) बापतको रकम रु ७० हजार र किरिया खर्च वापतको रकम रु २५ हजार गरी जम्मा रु ९५ हजार रुपैयाँ निज विमितको संरक्षक तथा हजुरबुवा भविश्वर गौतमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
यस पश्चात मासिक रुपमा बीमाङ्कको २ प्रतिशतका दरले हुन आउने रकम विमितको उमेर १६ वर्ष हुन्जेलसम्म कम्पनीले भुक्तानी गर्नेछ भने विमितले वार्षिक रुपमा बुझाउनु पर्ने बीमाशुल्क बापतको रकम पनि कम्पनीले छुट दिनेछ । निजले सन नेपाल लाईफ गुल्मी शाखामा चार वर्ष अघि रु १ लाख विमांकको बाल सावधिक जीवन बीमा पोलिसी गरेका थिए, कृषि कर्म गर्दै आइरहेकी गौतमको उपचारको क्रममा मृत्यु भएको थियो । कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सन नेपाल लाईफ इन्स्योरेन्सले २०७४/०४/१८ गते आश्विन ६ गते सामाजिक सेवा दिवसको अवसरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको हो ।
जीवन बीमामा ४ दशक लामो अनुभव भएका व्यक्तित्व तथा नियामक निकायमा बीमा सम्बन्धि व्यवस्थापकीय भुमिका निर्वाह गरेका व्यक्तिहरुको नेतृत्व सहित जीवन बीमामा अनुभवी र दक्ष जनशक्तिबाट व्यवस्थापन सम्हालिएको यस कम्पनीको उद्धेश्य भनेको जीवन बीमाको प्रचार प्रसार यसको आवश्यकता र महत्वको बारेमा आम जनसमुदायलाई सचेत गराई जीवन बीमाको पहुँच पुग्न नसकेको ठाउँहरुमा समेत जीवन बीमा सेवा प्रदान गर्नु हो । सन नेपाल लाईफ इन्स्योरेन्सले विसं.२०७५ साल मा गुल्मीमा कार्यालय विस्तार गरी जीवन बीमाको सेवा उपलब्ध गराई रहेको छ । विमितलाई सहज तरिकाले सेवा दिनको लागि सन नेपाल लाईफ शुरु देखि नै प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । सन नेपाल लाईफले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना विमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
निवर्तमान वडा सदस्य तथा विमितका संरक्षक भविश्वर गौतमले सहज तरिकाले विमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिदै कम्पनीबाट प्राप्त हुने रकमले आफ्नो नातीको पढाईलाई सहयोग पुग्ने र साँच्चै दुःख पर्दा सन नेपाल लाईफ काम लागेको कुरा बताए । सबैले आफ्नो आर्थिक योजना बनाउँदा जीवन बीमालाई छुटाउन नहुने र जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुने हुनाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने सुझाव गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले दिए। कार्यक्रममा सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत, गुल्मी शाखाका कर्मचारी, अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्