काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले गरेका नीतिगत व्यवस्थालाई बोर्डले सम्बोधन गर्न नमिल्ने बताएका छन् । सोमबार खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड पुगेका लगानीकर्तालाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष हमालले राष्ट्र बैंकका सम्बन्धमा बोर्डले सम्बोधन गर्न नमिल्ने बताएका हुन् । सबै निकायका आ-आफ्नै काम गर्ने प्रकृयाहरु रहेको भन्दै अध्यक्ष हमालले बोर्डका तर्फबाट बजार सुधारका लागि टास्क फोर्स बनाएर काम गर्नेपर्ने बताए । लगानीकर्ताले उठाएका सबै विषय क्रमिक रुपमा मागहरु सम्बोधन गर्दै जाने बताए ।
यस्तै लगानीकर्ताहरुले बजारलाई स्थायीत्व दिनका लागि समस्याको पहिचान गर्न हमालसँग आग्रह गरे । ब्रोकर लाइसेन्स वितरण, बैंकलाई ब्रोकर लाइसेन्स, मार्जिन कारोबारको प्रभावकारी कार्यान्वायन लगायतका कामलाई तिब्रता दिन पनि लगानीकर्ताहरुले बोर्ड अध्यक्ष हमालसँग आग्रह गरे । पूँजी बजार सुधारका लागि भन्दै लगानीकर्ता तिलक कोइरालाले १९ बुँदे मागसहित अनसन बस्ने घोषणा गरे पछि उनी आफ्ना समर्थक लगानीकर्तासहित बोर्ड पुगेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्