काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले वि.सं २०७२ मा ठेक्का भएको नयाँपाटी–सुन्दरीजल सडक सात वर्षपछि कालोपत्रको तयारी गरिँदै । कालोपत्रको तयारी गर्नुअघि सात वर्षदेखि वर्षामा हिलो र हिउँदमा धुलोले यात्रु पीडित हुँदै आएकादेखि घोराही– ६ का कृषकले पालेका बाख्रा । पछिल्लो समय दाङका कृषकले बाख्रा पालेर मनग्य आम्दानी गर्दै सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
वि.सं २०७२ मा ठेक्का भएको नयाँपाटी–सुन्दरीजल सडक सात वर्षपछि कालोपत्रको तयारी गरिँदै । कालोपत्रको तयारी गर्नुअघि सात वर्षदेखि वर्षामा हिलो र हिउँदमा धुलोले यात्रु पीडित हुँदै आएका थिए ।घोराही– ६ का कृषकले पालेका बाख्रा । पछिल्लो समय दाङका कृषकले बाख्रा पालेर मनग्य आम्दानी गर्दै छन् ।वर्षौंदेखि व्यक्तिगत प्रयोजनमा आएको कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा रहेको सिटी बसपार्कमा थुपारिएका निर्माण सामग्री हटाउँदै निर्माण व्यवसायी । नगरपालिकाले सात दिनभित्र सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेपछि सार्वजनिकस्थलहरु खाली हुन थालेका छन् ।पोखरा महानगरपालिका– ३३, बरमा क्रियाशील सिलिङ्गे महिला चेतना समूहको सक्रियतामा पुनःनिर्माण गर्न लागिएको २०० वर्षभन्दा पुराना चौताराको निर्माणमा श्रमदान गर्दै स्थानीयवासी । समूहले यस क्षेत्रका प्राचीन सम्पदाको संरक्षणमा देखाएको सक्रियता अरुका लागि पनि अनुकरणीय बनेको छ ।ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका र मेरिङ्देन गाउँपालिकाको दोभान बजार जोड्ने तमोर नदीमाथि निर्माण गरिएको मोटरेवल पुल ।नौमती बाजामा प्रख्यात बागलुङ नगरपालिका–८ स्थित सिँगाना लामिचौर पञ्चेबाजा समूहमा आबद्ध युवा लक्ष्मण नेपालीलगायत युवा । नौमती बाजा लोप हुन खतरामा पुगेपछि संरक्षणका लागि यहाँका युवालाई नौमती बाजा सिकाइएको छ । यहाँ अधिकांश युवाले नौमती बजा बजाएर जीविकोपार्जन गर्दै आएका छन् ।नेपाल सरकारको राष्ट्रिय योजना आयोगको बजेट र स्थानीय पालिका बागलुङ नगरपालिकाको समन्वयमा बागलुङ नगरपालिका–४ निरयघाट नजिकै निर्माण हुँदै गरेको वृद्धाश्रम ।शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान खेतमा रोप्नका लागि तयार पारिएको धानको बेर्ना ।भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज स्नातक तहको आर्किटेक्चरका विद्यार्थीले तयार पारेको थेसिस प्रदर्शनी अवलोकन गर्दै नगरपालिकाका प्रमख सुनिल प्रजापति । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पताल पहिराको जोखिममा परेपछि आज नगरपालिकाका प्रमुख जीवन खत्रीसहितको टोलीले अनुगमन गर्दै ।नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा उत्तीर्ण सैनिकसँग प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिवलगायत ।म्याग्दीको मङ्गला गाउँपालिका–५ पिपलबोटमा विश्व वातावरण दिवसको अवसरमा आइतबार समुदायलाई कैलाशफाँट धार्मिक वन हस्तान्तरण गरिँदै । १.०३६ हेक्टर क्षेत्रफलको धार्मिक वन दर्ता गरेर हस्तान्तरण गरिएको हो ।म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा लटरम्म फलेको किवी ।पाल्पाको रामपुर–८ र स्याङ्गजाको चापाकोट–९, निर्दिम भुजातघाट जोड्ने कालीगण्डकी नदीमाथि बन्दै गरेको पक्कीपुल । सो पुलको काम हालसम्म ८० प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीले बताएका छन् ।धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा बिक्रीका लागि राखिएका खरभुजा ।