×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानी बोर्डको ५१ औं बैठक सम्पन्न, जलविद्युत विकासका लागि २५.९२ अर्ब लगानी स्वीकृति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लगानी बोर्डको ५१ औं बैठक सम्पन्न, जलविद्युत विकासका लागि २५.९२ अर्ब लगानी स्वीकृति

Artha Sarokar

२४ जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेर बहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५१ औं बैठक सम्पन्न भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिसदको कार्यालय सिंहदरवारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनाहरुको निर्माण तथा विकास गर्न रु २५.९२ अर्ब बराबरको लगानी स्वीकृति गरेको छ ।

लगानी स्वीकृति हुनेमा रु १६ अर्ब ४५ करोड ९८ लाख लागतको दोलखा जिल्लामा अवस्थित ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौ र रु ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँ लागतको म्याग्दी जिल्लामा अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत परियोजना रहेका छन् । बैठकले पश्चिम सेती र सेती नदी /६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्ने प्रयोजनका लागि गठन गरिएको अध्ययन समितिले पेश गरेको सिफारिस सहितको प्रतिवेदन आवश्यकता अनुसार कार्यान्वयन गर्दै जाने साथै NHPC   Limited , Government of India Enterprise ले उक्त परियोजना वार्ता द्वारा कार्यान्वयनका लागि दिएको निवेदनका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।

९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विकासकर्ता कम्पनी GMR- Upper Karnali Hydropower  Company Ltd ले २४ महिना भित्रमा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरी शर्त सहित म्याद थप गर्न नेपाल सरकार मन्त्रिपरिषद समक्ष निर्णयका लागि सिफारिस गरेको छ । त्यसैगरी बैठकले Vehicle Manufacturing and Assembly Plant परियोजनाको विकासका लागि प्रस्तावक Motrex Co. Ltd संग वार्ता प्रकृया सुचारु गर्ने निर्णय गरेको छ । बैठकमा सम्माननीय प्रधानमन्त्री देउवाले जलविद्युत क्षेत्रमा जलाशययुक्त परियोजना विकासमा जोड दिनुका साथै परियोजना विकास तथा संचालन गर्दा नेपालले गरेका अन्तराष्ट्रिय प्रतिवद्धता अनुरुप वातावरणमैत्री प्रविधिहरुको अबलम्बन गर्न निर्देशन दिए।

बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका लगानी प्रवर्द्धन लगायत अन्य गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिएका थिए । उक्त अवसरमा माननीय अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा प्रभाकर, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाल,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डका विज्ञ सदस्यहरु हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ र बालकृष्ण सिवाकोटी लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी