×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना केवल कारको टिकट ‘खल्ती’बाटै किन्न सकिने, भयो सम्झौता पत्रमा हस्ताक्षर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मनकामना केवल कारको टिकट ‘खल्ती’बाटै किन्न सकिने, भयो सम्झौता पत्रमा हस्ताक्षर

२२ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट डिजिटल वालेट एपबाट किन्न सक्ने भएका छन् । खल्तीले साेमबार शुल्क भुक्तानी गर्ने सम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हाे ।
खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यसरी शुल्क भुक्तानी गरेपछि ग्राहकले मोबाइलमै इ-टिकट प्राप्त गर्नेछन् र त्यही टिकट देखाएर ग्राहकले केबुलकारमा यात्रा गर्न सक्नेछन् ।
खल्तीबाट टिकट शुल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरू लामो लाइन बस्नु पर्ने झन्झटबाट मुक्त हुने कम्पनीले जनाएकाे छ । मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको र सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी