×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा

Artha Sarokar

२६ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो ।

इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । बुधबार राति ११ः१५ बजेदेखि अवरुद्ध सडक मध्याह्न १२ः०५ बजेबाट सञ्चालनमा आएको हो ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध भएको सडकमा सवारीसाधनको लामो लाइन लागेको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी