गलेश्वर । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका–२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना अन्तर्गत म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा सुरु भएपछि बल्ल सुरु भएको छ । हिउँदमा सुरु भएर अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि तटबन्धको काम बर्खालागेपछि बल्ल सुरु भएको हो । बर्खा सुरु हुनै लाग्दा थालिएको योजनाले पूर्णता नपाउने, बाढीले क्षति गर्ने, लगानी खेर जाने र जोखिम बढ्ने चुनौती देखिएको छ ।
खानेपानी, सरसफाइ तथा सिञ्चाइ डिभिजन कार्यालय म्याग्दीले यसवर्ष बगरफाँट संरक्षणका लागि म्याग्दी नदीकटान रोक्न ग्याबिन जाली लगाउन रु. १५ लाख विनियोजन गरेका थिए । सोही बजेटबाट अहिले १२५ थान ग्याबिन जाली लगाउने काम मङ्गलबारदेखि सुरु भएको बगरफाँट–म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका पूर्व अध्यक्ष नारायण कार्कीले बताए । उनका अनुसार यसवर्ष बगरफाँट–डम्मरा जोड्ने झोलुङ्गे पुल तलको म्याग्दी नदी किनारको ५५ मिटर क्षेत्रमा १२५ थान ग्याबिन जाली लगाउने काम सुरु भएको हो । समयमा नै बजेट उपलव्ध नभएको र नयाँ बनेको समितिले काम गर्न अग्रसरता नदेखाएको कारण तटबन्धको काम ढिलो गरी सुरु भएको उनले बताए ।
यस अघि आर्थिक वर्ष २०७७ /७८ मा रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु. ५० लाखको लागतमा सोही क्षेत्रमा ग्याबिन जाली भरेर तटबन्ध गरिएका थिए । तर म्याग्दी नदीमा आएको बाढीले सो तटबन्ध बगाइदिएपछि समस्या बस्ती नै जोखिममा परेका थिए । दुई वर्षअघि सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको बस्ती संरक्षणका लागि डिपीआर (विस्तृत आयोजना प्रतिवेदन) तयार गरी एक वर्षभित्र काम सम्पन्न गर्ने गरी संरक्षण आयोजनाको काम सुरु गरेका थिए ।
वि.सं २०५७ मा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रूपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षमा सामान्य ग्याबिन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन । करिब दुई सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयवासीले बताएका छन् । २०७६ सालमा स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु. १० लाखबाट नदीजन्य वस्तुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको पूर्व अध्यक्ष कार्कीले बताए ।
उनका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी–६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु (ढुङ्गा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएका थिए । नदीले बगरफाँटको करिब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिव मन्दिर क्षेत्र, पलाँसे र जरुवा उच्च जोखिममा परेका छन् । बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्