म्याग्दी । बेनी नगरपालिकाको ७ र ८ नं वडामा पर्ने जिल्ला सदरमुकाम बेनीबजारमा जडान गरिएको सडकबत्ती नबलेको एक हप्तायता बलेका छैनन् । बत्ती बल्न छाडेपछि बेनी नगरपालिकाले समस्या पहिचान गर्न दुई प्राविधिकलाई दुई दिनसम्म परिचालन गर्यो । समस्या पहिचान हुन नसक्दा सडकबत्ती मर्मतमा ढिलाइ भएको बेनपा–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।
“विद्युत्का पोलमा गुजुल्टा परेका तारका कारण त्यही पोलमा राखिएको सडकबत्तीको समस्या पहिचान गर्न सकिएको छैन”, उनले भने, “अव्यवस्थित तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै बजारको सौन्दर्यमा पनि असर परेको छ ।” बेनी बजारका विद्युत्का पोलमा नेपाल टेलिकमका टेलिफोनका साथै निजी क्षेत्रका केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको पनि तार तानिएको छ । वर्षौँ पुराना र काम नलाग्ने तार पोलबाट हटाइएको छैन । विद्युत्का पोल तारको गुजुल्टाले फेटा गुथाएजस्तो भएका छन् । जसका कारण विद्युत् पोलमा भार बढेको छ ।
सडकबत्ती मर्मतसँगै विद्युत्का पोलमा राखिएका अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता देखिएकाले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । प्राधिकरण र तार प्रयोग गरेर केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग छलफल गरेर आगामी असोज महिनाभित्र व्यवस्थापन गरिसक्ने योजना बनाएको उनले बताए । बेनी नगरपालिकाले बजारको सडक छेउमा रातको समयमा उज्यालो बनाउन सडकबत्ती जडान गरेको छ । बजारलाई सुरक्षित बनाउन, रातको समयमा हुने अपराध न्यूनीकरण र अनुसन्धानमा सघाउने उद्देश्यले सडकबत्ती जडान गरिएको हो । सडकबत्ती बल्न छाडेपछि सुरक्षा चुनौती बढेको बजारवासीले बताएका छन् ।
गत असोजमा नेपाल विद्युत् प्राधिकरणले सम्झौताबिनै विद्युत्का पोलको प्रयोग गरेर भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने अभियान थालेका थिए । तर केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको आन्दोलन र दबाबपछि प्राधिकरण पछि हटेको छ । जिल्लामा दुई केबल टिभी र पाँचवटा इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेका छन् । पोल प्रयोग गरेवापत ती कम्पनीले प्राधिकरणलाई प्रतिकिलोमिटरका दरले भाडा तिर्नुपर्ने नियम छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्