
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रहरीले एटीएम मेसिन फुटाईरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ मुनीभैरबस्थित रहेको एनआईसी एसिया बैंकको एटीएम फोड्दै गरेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले आइतबार राति पक्राउ गरेको हो ।
रकम लुट्ने योजनाका साथ एटीएम मेसिन फुटाईरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए । तामाङले रकम निकाल्न भने सकेका थिएनन् । उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्