×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आगलागीबाट जलेर दुई घर नष्ट, ६० हजार बराबरको क्षति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आगलागीबाट जलेर दुई घर नष्ट, ६० हजार बराबरको क्षति

Artha Sarokar

२७ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कर्णाली । गए राति अचानक आगलागी हुँदा तिला गाउँपालिका–८ जुम्ला पुरुगाउँको एक घर पूर्णरुपमा नष्ट भएको छ । पुरुगाउँ निवासी वीरमान नेपालीको घरमा गए राति ११ः३० बजे आगलागी भएको थियो । उक्त आगलागीबाट ढुङ्गा र माटोले बनेको दुईतले घर पूर्णरुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घरभित्र रहेका भाडावर्तन, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा नेपाली सामान्य जली घाइते भएका छन् । प्रहरीचौकी रारालिही जुम्ला र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा मानवीय क्षति हुन जोगिएको जनाइएको छ । त्यस्तै, हिजो राति नै करिब १० बजेको समयमा लेकबेँसी नगरपालिका–३ सुर्खेत साजेस्थित गगन पोख्रेलेको फुसले छाएको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

राति ११ः३० बजे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति नभएको तर घरभित्र रहेका लत्ताकपडा, भाडावर्तन, अन्नपात गरी रु. ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी