काठमाडौँ । सांसद दुर्गा पौडेलले सरकारले किसानलाई बीउ, मल उपलब्ध गराउन माग गरे । उनले अहिले किसानले बीउ र मल नपाएर तड्पिरहेका भन्दै किसानलाई बीउ र मल उपलब्ध गराउन सरकारसग माग गरे ।
“सरकारले कृषिलाई देखाउनका लागि कृषिप्रधान देश राख्ने हो कि कृषिलाई प्राथमिकता दिने हो ?” उनले प्रश्न गरे । उनले संसद्ले छलफलमा राखेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेसमेत बताए ।
बैठकमा सांसद पौडेलले ‘विनियोजन विधेयक–२०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृहमन्त्रालय’, दीपकप्रकाश भट्टले विनियोजन विधेयक–२०७९ अन्तर्गत परराष्ट्र मन्त्रालयको शीर्षक, सांसद विष्टले विनियोजन विधेयक–२०७९ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय’ र सांसद खगराज अधिकारीले विनियोजन विधेयक–२०७९ अन्तर्गत गृह मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कामय गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव गरेका थिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्