बुटवल । नाडाअटोमोवाइल्स एशोसिएशन अफ नेपालको सहयोग र सहकार्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशनको आयोजनामा लुम्बिनी तथा नेपालगंजक्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रनिङ सम्पन्न भयो । जेठ २७ गते शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्या सँग जुध्न र उनिहरुको क्षमता अभिवृद्धि गर्न लागि परेको धारणा राखेका थिए । उनले सबै क्षेत्रकै व्यवसायीको कार्यक्षमता विकास आवश्यक रहेको बताए । भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरुले भन्सारमा अपनाउनु पर्ने विषयमा प्रकाश परेका थिए । उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए ।
त्यसै गरी भैरहवा आन्तरिक राजश्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजश्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए । उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको बताउँदै, यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए। राजश्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भि सि टी एस व्यवसायीकै हकहितको लागि भएको बताउँदै, सबैलाई यसको विषयमा जानकारी रहनु पर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । कर छल्ने प्रवृतिपूर्णरुमा हट्नु पर्ने विषयमा व्यवसायीलाई सचेत गराउँदै उनले भने, कर छलीमा राजश्व अनुसन्धानले सून्य सहन सिलताको नीति अपनाउने धारणा राखेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासमा ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडा सँगको सहकार्यमा व्यवसायीहरुलाई अन्यकार्यक्रमहरु पनि संचालनगर्ने बताए । उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल रहेका थिए । कार्यक्रममा नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।