×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : पाल्पाको सगाहामा सूर्यमुखी भित्र्याउँदै कृषक, मेलम्ची हुँदै इन्द्रावती–पाँचपोखरी जाने बाटोको काम सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : पाल्पाको सगाहामा सूर्यमुखी भित्र्याउँदै कृषक, मेलम्ची हुँदै इन्द्रावती–पाँचपोखरी जाने बाटोको काम सुरु

Artha Sarokar

२७ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पाल्पाको रम्भा गाउँपालिका– १ सगाहामा सूर्यमुखी फूल घरमा भित्र्याइँदै । यहाँका कृषकलाई अहिले सूर्यमुखी टिप्ने र स्याहार्ने चटारोदेखि मेलम्ची हुँदै इन्द्रावती–पाँचपोखरी जाने अस्थायी ह्युमपाईप बगाएपछि वैकल्पिक बाटोको सुधारको काम सुरु । वैकल्पिक सडकको रुपमा मेलम्ची– १०को वडा कार्यालय बडहरे, सञ्जेलटार हुँदै बाहुनेपाटी पुग्ने सडकको शुक्रबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निरीक्षण गर्नुभयो । उहाँले खोला किनारको बाटो भन्दा यो सडक राम्रो रहेकाले ग्राबेल हाल्ने, सडक चौडा गर्ने, ह्युमपाइप राख्ने कार्यगरी यातायात सहज सञ्चालनका लागि कार्य गर्न निर्देशन सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

पाल्पाको रम्भा गाउँपालिका– १ सगाहामा सूर्यमुखी फूल घरमा भित्र्याइँदै । यहाँका कृषकलाई अहिले सूर्यमुखी टिप्ने र स्याहार्ने चटारो छ ।मेलम्ची हुँदै इन्द्रावती–पाँचपोखरी जाने अस्थायी ह्युमपाईप बगाएपछि वैकल्पिक बाटोको सुधारको काम सुरु । वैकल्पिक सडकको रुपमा मेलम्ची– १०को वडा कार्यालय बडहरे, सञ्जेलटार हुँदै बाहुनेपाटी पुग्ने सडकको शुक्रबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले निरीक्षण गर्नुभयो । उहाँले खोला किनारको बाटो भन्दा यो सडक राम्रो रहेकाले ग्राबेल हाल्ने, सडक चौडा गर्ने, ह्युमपाइप राख्ने कार्यगरी यातायात सहज सञ्चालनका लागि कार्य गर्न निर्देशन दिनुभयो ।पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि शुक्रबार दिउँसो अलपत्र सर्वसाधारण ।

लगातारको वर्षाले सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि भोटखोला गाउँपालिका जाने अवरुद्ध उत्तर–दक्षिण सडक ।लमजुङ दोर्दी गाउँपालिकाको किसेदी खोलामा नवनिर्मित किसेदी खोला मोटरेबल पुल । पच्चीस मिटर लम्बाइ रहेको रु तीन करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस पुलको निर्माणले सवारी साधन आवतजावत गर्नलाई सहज भएको छ ।कैलालीको टीकापुर नगरपालिका–२ को जनशक्ति सामुदायिक वन क्षेत्रमा रहेको मूलपानीमा शुक्रबार गर्मी छ्ल्न पुगेका आन्तरिक पर्यटकको भीड । मूलपानीमा दैनिक पाँच सयदेखि एक हजार आन्तरिक पर्यटक गर्मी छल्नका लागि पुग्ने गरेका छन् ।पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित पावर हाउस नजिक वर्षाका कारण शुक्रबार बिहान भासिएको सडक छेउबाट वारपार गर्दै सर्वसाधारण । सडक भासिँदा यातायात अवरुद्ध भएको छ ।तनहुँको दमौलीबाट हेलिकप्टरमा गोरखाको बारपाकका ५२ वर्षीय बालशम्शेर गुरुङलाई उपचारका लागि काठमाडौँ लैजाँदै । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित विद्युत् गृह नजिक वर्षाका कारण शुक्रबार बिहान सडक भासिएपछि हेलिकप्टरबाट लगिएको हो ।लमजुङ क्व्होलासोथर गाउँपालिका– १ का एक स्थानीयवासी कृषकले सडक छेउमै व्यावसायिकरुपमा पालेको मौरीपालन ।बेलौरी नगरपाालिका–८, कलकत्ताका किसान करमसिंह रानाले तयार गरेको उन्नत जातका केराको नर्सरी । राना थारु केरा फर्म, नर्सरी तथा प्रशोधन केन्द्र स्थापना गरी करमले ६ वर्षदेखि किसानलाई सुपथ मूल्यमा केराको बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ ।कपिलवस्तुको कृष्णनगर नगरपालिका चैपुरवा बगैँचामा आँप टिपेर कार्टुनमा राख्दै कामदार ।पूर्वाधार विकास कार्यालय, म्याग्दीले रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा निर्माण गरेको ८० मिटर लामो झोलुङ्गेपुल ।गत असारमा बाढीले पुल बगाएपछि मेलम्चीबाट इन्द्रावती, पाँचपोखरी, शिखरपुर, ज्यामिरे जानका लागि ह्यूमपाइप राखेर बनाइएको अस्थायी पुल गए रातिको वर्षापछि आएको बाढीले र्पुयाएको क्षति । आवतजावतका लागि ह्यूमपाइप राखेर बनाइएको पुल बाढीले क्षति र्पुयाएकाले अब पुल मर्मत नगरिने र वैकल्पिक बाटोको रुपमा बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाले स्थानीयवासीलाई आग्रह गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी