×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बागलुङका सरकारी विद्यालयमा स्कुल बस, राजमार्ग विस्तारका लागि तनहुँको घाँसीकुवामा खनिएको भित्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : बागलुङका सरकारी विद्यालयमा स्कुल बस, राजमार्ग विस्तारका लागि तनहुँको घाँसीकुवामा खनिएको भित्ता

Artha Sarokar

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल माध्यामिक विद्यालयले सञ्चालनमा ल्याएको स्कुल बस । स्कुल बस सञ्चालनमा ल्याएसँगै टाढाढाटा घर भएका विद्यार्थीलाई अहिले विद्यालयमा पुग्न र घरफर्कन सजिलो भएकादेखि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका लागि तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा नजिक खनिएको भित्ता । राजमार्ग विस्तारका लागि सडक छेउछाउका भित्ता खन्ने काम तीव्र भइरहेको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

बागलुङ नगरपालिका–६ स्थित लहरेपिपल माध्यामिक विद्यालयले सञ्चालनमा ल्याएको स्कुल बस । स्कुल बस सञ्चालनमा ल्याएसँगै टाढाढाटा घर भएका विद्यार्थीलाई अहिले विद्यालयमा पुग्न र घरफर्कन सजिलो भएका छन् ।पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका लागि तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा नजिक खनिएको भित्ता । राजमार्ग विस्तारका लागि सडक छेउछाउका भित्ता खन्ने काम तीव्र भइरहेको छ ।कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरुवाको नर्सरीमा पोलिव्यागमा बिरुवा रोप्दै गरेका महिला मजदुर । सामुदायिक वन र उपभोक्तालाई बिरुवा रोपणका लागि उपलव्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ ।दोधारा चाँदनी नगरपालिका–१०, कुत्तियाकभरस्थित महाकाली नदीमा सोमबार बाढीमा परेकाको उद्धारका लागि गरिएको पूर्वाभ्यासको एक झलक ।म्याग्दीको बेनी नगरपालिका–९ घतानको नेप्टेचौरमा निर्माण गरिएको सिँचाइ आयोजनाको नहर । नहर बनाएपछि कृषकलाई सिँचाइ गर्न सहज भएको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका– १६ स्थित ग्वारखोलामा अवैध उत्खनन गर्दा गहिरिएको खोला । सिँचाइ नहरको मुहान रहेको स्थानमा अनुमति नदिए पनि त्यस क्षेत्रमा अवैध रुपमा उत्खनन हुँदा यसरी खोला गहिरिँदै गएको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा चित्र कोर्दै चित्रकार डिल्लीकृष्ण आले । रामपुर नगरपालिका–४, खोप्टारमा निर्माणाधीन लक्ष्मीनारायण धर्मशाला । धर्मशालामा सङ्ग्रहालय राख्ने गरी निर्माण गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी