Skip to content
LAXMI SUNRISE BANK

संसदमा मलको विषयमा छलफल चल्दाचल्दै निदाए कृषिमन्त्री यादव

अर्थ सरोकार

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री निदाएका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल स्थगन गर्दै मलको विषयमा छलफल चल्दै गर्दा कृषिमन्त्री महेन्द्रराय यादव संसदभित्रै निदाएका हुन् ।

प्रतिनिधिसभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् ।

सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथिको छलफल रोकेर किसानले मल नपाउनुको विषयमा छलफल प्रस्ताव गरेको थियो । सोही विषयमा छलफल हुँदै गर्दा सत्तापक्ष तथा प्रतिपक्ष सांसदले मन्त्री यादवमाथि किसानले मल नपाउनुको कारण बुझ्दै गर्दा उनी निदाएका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK