×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा जनरल इन्स्योरेन्सले बोलायो असार १५ गते विशेष साधारणसभा, मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा जनरल इन्स्योरेन्सले बोलायो असार १५ गते विशेष साधारणसभा, मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित हुने

Artha Sarokar

३० जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको असार १५ गते विशेष साधारणसभा हुने भएको छ । कम्पनीको विशेष साधारण सभा धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा बिहान १० बजे हुने भएको हो । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गर्नकै लागि विशेष साधारणसभा बोलाएको हो । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ । तर्सथ असार ७ गतेसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन सक्ने भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी