काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं.९ घर भई हाल गोकर्नेशोव्र बस्ने ५६ बर्षिय डल्ले कामी सो कसुरमा पक्राउ परेका हुन् ।
उच्च अदालत पाटनबाट मिति २०७७/०८/२३ गते उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र १० लाख ५० हजार जरिवाना सुनाएको थियो। उनलाई धुम्बाराहीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।