झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो मात्रामा विर्तामोड कार्यालयलाई मल पठाउने पत्रचार गरेको जानकारी दिए ।
उनले भने, “ यही हप्ताभित्रमा आउँदैछ ।” उनले झापाका लागि ८५०, इलामलाई १००, पाँचथरमा ७० र ताप्लेजुङका लागि ३० मेट्रिक टन मल आउने जानकारी दिए । प्रमुख भट्टराईले कार्यालयमा आएको मललाई कुन पालिकामा कति र कसरी पठाउने भन्नेबारे कृषि ज्ञान केन्द्रसँगको परामर्शमा वितरण गरिने बताए । १५ वटा पालिका रहेको झापामा भने एउटा पालिका बराबर एक हजार १३० बोरा मल मात्र भागमा पर्ने उनको भनाइ छ ।
झापामा कृषियोग्य जमिनमध्ये ८८ हजार ५०० हेक्टर क्षेत्रमा धानखेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले हाल जिल्लामा नौ हजार मेट्रिक टन डिएपी मल आवश्यक रहेको बताए । उनले भने, “रोपाइँ सुरु भइसक्यो, यही बेला किसानलाई डिएपी मल चाहिएको छ । झापाका लागि तोकिएको मात्राले त एउटा पालिकालाई पनि पुग्दैन ।” –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्