×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढिरहेको बजारमा एक्कासी के भयो ? नकारात्मक सर्किट लागेपछि लगानीकर्ता तनावमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बढिरहेको बजारमा एक्कासी के भयो ? नकारात्मक सर्किट लागेपछि लगानीकर्ता तनावमा !

Artha Sarokar

२१ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेप्से सवा घण्टा पहिला नै बन्द भएको छ । बजार ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार भएको हो । नेप्से खुलेदेखिनै घटिरहेको बजार २ बजेर १५ मिनेट जाँदा ६ प्रतिशतको गिरावटसँगै परिसूचक १२३.३४ अंकले घटेपछि बजार बन्द भएको हो । यस अवधिमा १९७ कम्पनीको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब २० करोड ९१ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब १६ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल लाइफ इन्स्योरेन्स र नेपाल दुरसंचार कम्पनीको भएको छ । आज १२ वटै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् भने डिप्रोक्स लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी