काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा झुटा र कपोलकल्पित रहेको भन्दै समाचार आएका विषयको खण्डन गरेका छन् । प्रमुख प्रतिपक्षले अर्थमन्त्रीको राजीनामासमेत माग गरेको अवस्थामा अर्थमन्त्री शर्माले उक्त विषयको खण्डन गरेका हुन् ।
बजेट निर्माणका लागि अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव नेतृत्वका समितिले गरेको पनि मन्त्री शर्माले जानकारी गराए । मन्त्री शर्माले आफूलाई प्राप्त जिम्मेवारीअनुसार काम गरेको बताए । अर्थमन्त्री शर्माले भने,‘बजेट निर्माण गर्दा राजस्वका दर चलाउन अनधिकृत व्यक्ति संलग्न गराएको भन्ने कुरा अत्यन्त भ्रामक, कपोलकल्पित, झुटा कथा बनाइएको छ, यसको खण्डन र खारेजी गर्न चाहन्छु’।
अर्थसचिव र राजस्व सचिवले मातहतका विभागीय प्रमुख र कर्मचारीसँग मिलेर, सरोकारवालाका सुझाव लिएर बजेट तर्जुमा गरेको अर्थमन्त्रीको भनाइ छ । साथै मन्त्रीका रूपमा आफूले सरकारको नीति र भिजनलाई नीतिगत रूपमा लिएर काम गरेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्