काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीमा जाँच गरी हिमाली जिल्ला मनाङको विभिन्न स्थानको अवलोकन भ्रमण सकेर फर्किएका पर्यटकदेखि सङ्खुवासभा खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सतिघाटमा खाद्यान्न सामग्री बोकेर पुल तर्दै भरिया । भोजपुर जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा भरियाबाट खाद्यान्न ढुवानी गरिँदै आएको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीमा जाँच गरी हिमाली जिल्ला मनाङको विभिन्न स्थानको अवलोकन भ्रमण सकेर फर्किएका पर्यटक ।
सङ्खुवासभा खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सतिघाटमा खाद्यान्न सामग्री बोकेर पुल तर्दै भरिया । भोजपुर जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा भरियाबाट खाद्यान्न ढुवानी गरिँदै आएको छ ।
कैलालीको भजनीमा रहेको बेल जुस उद्योगमा बजारीकरणका लागि तयार पारिएको बेल जुस । श्रीवन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले बेल जुस उद्योग सञ्चालन गर्दै आएको छ ।
गत वर्ष जेठ ३१ गते आएको भीषण बाढीले नासो गाउँपालिका स्थित ३ र ५ नं वडाका बस्ती अझै जोखिममा । मस्र्याङ्दी नदी र दूधखोलाको कटानले १८ वटा घर पूर्णरुपमा क्षति भएको थियो ।
घोराही–१४, सेवारखोलाको किनारमा गिट्टी कुटेर जीविका चलाउँदै महिला ।
खानेपानीको अभाव रहेको कुम्मायक गाउँपालिका–४, तिल्केनीमा पाइपबाट ल्याइएको पानी थाप्दै यामबहादुर शेर्मा । कुम्मायक गाउँपालिकामा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण भए पनि प्रभावकारी हुन नसक्दा गाउँपालिकावासीले खानेपानीको अभाव झेलिरहेका छन् ।
शुक्लाफाँटा नगरपालिका–८स्थित भगवती सामुदायिक वनले आयोजना गरेको डोको डलिया बनाउने सिपमूलक तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै वडाध्यक्ष बहादुर महरा । सामुदायिक वनले यही जेठ २० देखि २६ गतेसम्म २५ जनालाई तालिम दिएको थियो ।
रामपुरको बेझाड खेतमा लगाइएको सूर्यमुखी खेतीको अनुगमन गर्दै कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारीलगायत ।
दक्षिणी हुलाकी राजमार्गमा पर्ने जिल्लाको गौरीगञ्ज क्षेत्रमा निर्माण भएको कालोपत्रे सडक । यो बजार सरकारले देशभरिका स्मार्ट सिटी बनाउने घोषणाभित्र सूचीकृत छ । पछिल्ला वर्ष हुलाकी सडकले गति लिएसँगै यस ठाउँमा सडक कालोपत्रेलगायत अन्य विकासका योजनाले प्राथमिकता पाउँदै आएको गाउँपालिका अध्यक्ष फूलबती राजवंशीले बताउनुभयो ।
दाङको तुलसीपुर उपमहमानगरपालिका–१८, विजौरीमा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले गर्नुभएको ड्रागन फ्रुट खेतीमा फुल्दै गरेको ड्रागन फ्रुट ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्