काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशतभन्दा माथि हुने बैंकलाई पत्र पठाएको छ । राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात सीमाभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई मात्र पत्र पठाएको हो ।
राष्ट्र बैंकका अनुसार हाल २७ मध्ये १५ वटा बैंकको सिडी रेसियो ९० प्रतिशतभन्दा बढी रहेको छ । जसमा २ वटा बैंकको सिडी रेसियो ९५ प्रतिशतभन्दा बढी पुगिसकेको छ । सिडी रेसियो ९० प्रतिशतभन्दा तल झार्नका लागि कसरी योजना बनाउनु भएको छ भन्ने पत्र राष्ट्र बैंकले पठाएको हो ।