Skip to content
LAXMI SUNRISE BANK

हुवावेको मुख्य प्रायोजनमा साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रम आयोजना

अर्थ सरोकार

काठमाडौँ। नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सिएसआरआई) हो । यो संस्थाले नेपालको सूचना सञ्चार तथा प्रविधि र साइबर सुरक्षा क्षेत्रमा खोज, अनुसन्धान, नवप्रवर्तन, तालिम तथा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा  संस्थाका अध्यक्ष  प्रा.डा. सुवर्ण शाक्य, उपाध्यक्ष  मिलन राज नेपाली, निवर्तमान अध्यक्ष तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) का अध्यक्ष  चिरञ्जिवी अधिकारी र एनपीसर्टका सदस्य सुरेश भण्डारीले हुवावे इन्टरनेसनल सिङ्गापुरका ग्लोबल पब्लिक सर्विसेस इन्डस्ट्रि एक्स्पर्ट प्याट्रिक लो बेन्ग ची र हुवावे नेपालका प्रतिनिधी सुप्रलराज जोशीलाई औपचारिक भेटघाट गरी सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले आयोजना गर्ने आगामी साइबर सेक्युरिटी सम्बन्धी कार्यक्रमको बारेमा सहकार्य गर्ने छलफल भएको थियो ।

Multi-Stakeholder Discussion on Cyber Security Policy and Processes नामक सो कार्यक्रमको मुख्य आयोजक सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल सहआयोजक भएका छन् । सो अवसरमा अध्यक्ष शाक्यले चीलाई नेपालमा स्वागत गर्दै सिएसआरआईको तर्फबाट धन्यवाद व्यक्त गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK