उदयपुर । चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् । वेलका–१ बानडाँडाका बाढीपीडित गणेश कार्की भन्छन्, “गत चार वर्षअघि गिदेरी खोलाको कटानले घरखेत नष्ट गर्यो, तर नदी कटान नियन्त्रणका लागि तटबन्धन निर्माण हुन नसक्दा यस वर्ष पनि बाढीको चपेटामा छौँ ।” यस्तै चार वर्षअघि बेलका नगरपालिकाको वडा नं १ बानडाँडा र २ का भागलपुर क्षेत्र तथा तपेस्वरी क्षेत्रमा झण्डै ६०० घरपरिवार स्थानीय गिदेरी खोला, खर्रे खोलासहितको बाढी कटानका कारण विस्थापित भएका थिए ।
चार वर्षभित्रमा पनि सम्बन्धित निकायले नदी नियन्त्रण गर्न वा तटबन्धन निर्माणमा ध्यान नदिँदा यसपटक पनि भीषण वर्षा हुने अवस्था रहेका कारण आफूहरू बाढीको उच्च जोखिममा रहेको वेलका भागलपुरका स्थानीयवासी धनप्रसाद निरौलाको गुनासो छ । निरौलाका अनुसार चार वर्षअघि भागलपुर क्षेत्रमा मात्र झण्डै ५० घर बाढीबाट वर्षायाममा विस्थापित भएको र ५०० घर प्रभावित भएका थिए । तर अहिले पनि नदी नियन्त्रण तथा स्थायी तटबन्धन निर्माणमा सम्बन्धित जनप्रतिनिधि र जिल्ला दैवी प्रकोप समितिले उचित ध्यान नदिएका कारण बस्ती बाढीकोे उच्च जोखिममा परेको उनले बताए ।
तीन वर्षअघि पनि स्थानीय नदीमा बाढी आउँदा नेपाली सेनाले अस्थायी तटबन्धन निर्माण गरिदिएका थिए । सोही कारण हालसम्म सुरक्षित रहेको तर गत वर्षदेखि फेरि अस्थायी तटबन्धन भत्कन थालेपछि आफूहरू असुरक्षित हुन परेको बानडाँडाका अर्का स्थानीय राजकुमार बस्नेतले बताए । बस्नेत भन्छन्, “नदी क्षेत्रमा स्थायी बाँध तथा तटबन्धन छैन, अहिले दैनिक वर्षाका कारण नदीको बहाव बढेर आउन थालेको छ । गाउँका ६०० घरपरिवार रात्रिका समयमा बाढीको डरले नसुतीकन रात काट्ने गरेका छन् ।”
अहिले दैनिक वर्षा हुन थालेको र नदीको बहाव बढ्न थालेकोले खोला नदीमा बाढी आउन सुरु गरेको छ । कुनबेला गाउँमा बाढी प्रवेश गरेर बिगार गर्ने हो भन्ने खतरामा आफूहरू रहेको वानडाँडा तथा भागपुरवासीले दुःखेसो गर्दै आएका छन् । प्रशासन तथा स्थानीय तहले बाढी आएर क्षति गर्यो भने दुई/चार केजी चामल र एकरदुई वडा भाँडा त्रिपाल मात्र बाँड्न आउने गरेको तर आफूहरूका क्षेत्रमा नदी कटान नियन्त्रण गर्न पहल भने नगरेको गुनासो आम वानडाँडाका बासिन्दाको गुनासो छ ।
यस वर्ष पनि व्यापक वर्षा हुन थालेपछि स्थानीय खोलानाला र नदीमा पानीको बहाव बढ्न थालेका कारण बेलकाको वानडाँडा र भागलपुर क्षेत्रका जनता बाढीको उच्च जोखिममा रहेका छन् । सम्बन्धित प्रशासन स्थानीय तहका सरकारसहित जिल्लाका जनप्रतिनिधिले जनताको जीउधन सुरक्षाका लागि बेलैमा सोच्नुपर्ने बेला आएको यस क्षेत्रका आम जनताको बुझाइ छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्