काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले महोत्तरी जिल्लाको माईस्थान वनमा चोरीनिकासीका क्रममा पक्राउ गरिएको लाखौँ मूल्यका काठको मुद्दाको अन्तिम टुङ्गो नलाग्दा वर्षौंदेखि बेँसीशहर नगरपालिका–१,उदिपुरमा वर्षाद्का कारण सडक बगेपछि सोही स्थानको तल रिठ्ठेबगर हुँदै उदिपुर जोडिने वैकल्पिक सडक बनाइँदै । पहिराका कारण सडक अवरुद्ध भएपछि यातायातका साधान सञ्चालन गर्न रिठ्ठेबगरमा वैकल्पिक बाटो निर्माण गर्न लागिएको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
महोत्तरी जिल्लाको माईस्थान वनमा चोरीनिकासीका क्रममा पक्राउ गरिएको लाखौँ मूल्यका काठको मुद्दाको अन्तिम टुङ्गो नलाग्दा वर्षौंदेखि लाखौँ मूल्यका काठ कुहिँदै ।
बेँसीशहर नगरपालिका–१,उदिपुरमा वर्षाद्का कारण सडक बगेपछि सोही स्थानको तल रिठ्ठेबगर हुँदै उदिपुर जोडिने वैकल्पिक सडक बनाइँदै । पहिराका कारण सडक अवरुद्ध भएपछि यातायातका साधान सञ्चालन गर्न रिठ्ठेबगरमा वैकल्पिक बाटो निर्माण गर्न लागिएको हो ।
गन्तव्यस्थलको पहिचान र प्रवद्र्धनका सिलसिलामा बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डे आएका नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशमा आबद्ध पर्यटन व्यवसायी पदयात्रामा रमाउँदै ।
जिल्लाको भोटेकोसी नदीमा र्याफ्टिङ मा रमाउँदै आन्तरिक पर्यटक ।
भक्तपुर नगरपालिका दरबारस्क्वायर परिसरको पूर्वी चोकको उत्तरतर्फ रहेको ऐतिहासिक शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरानो बो सिंह अर्थात् उड्ने सिंह पुनः स्थापना गरिँदै ।
बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा कादो रोप्नका लागि बीउ उखेल्दै किसान । यहाँका किसानलाई पानी परेपछि कोदो रोप्ने चटारो छ ।
हाबेचौरबाट देखिएको उत्तरी मोरङको पर्यटन क्षेत्र जेफालेको कुहिरोको अदलबदल । जेफालेलाई मोरङको भेडेटार भनिन्छ तर पक्की सडक नभएकाले आगन्तुक तुलनात्मक रूपमा भेडेटार भन्दा कम छन् । जेफाले भेडेटारबाट ३६ किलोमिटर र केराबारी बजारबाट २४ किलोमिटर सडक दूरीमा छ ।
अत्यधिक गर्मी बढेपछि शुक्लाफाँटा नगरपालिका– ६ कसरौल जाने सडकमा निर्माण गरिएको पिपल चौतारीमा थकाई मार्दै बटुवा ।
जिल्लाको भानु नगरपालिका– ६ स्थित डुम्रे चन्द्रावती भानु मार्गको खत्री खोलाको कल्र्भट बगाएपछि बाँसको पुल निर्माण गर्दै स्थानीय । नेका बरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार उक्त स्थलको समेत अवलोकन गर्नुभएको थियो ।
म्याग्दीको मङ्गला गाउँपालिका–४ को टाड बिसाउना सामुदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पोखरी । डिभिजन वन कार्यालयको अनुदान सहयोगमा मानव र वन्यजन्तुको द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले वन उपभोक्ता समूहले जङ्गलमा पोखरी बनाएका हुन् ।
भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङकोे बारीमा लगाएको किवी । उहाँले २५ रोपनी क्षेत्रमा किवी लगाउनुभएको छ । गाउँपालिकाले करिव २०० रोपनी क्षेत्रमा किवीको पकेटक्षेत्र घोषणा गरेर कृषकलाई प्रोत्साहन गरिरहेको छ ।
भोजपुरको पौवादुङ्मा गाउँपालिका–२, तिवारीभन्ज्याङदेखि अँधेरीघाट जोड्ने सडक निर्माण गरिँदै ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्