काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा गोकर्णेश्वर नगरपालिका–१, नयाँपाटी पुलस्थित जोरपाटी–सुन्दरीजल मूल सडक विस्तारका क्रममा करिब चार महिनाअघि बनाइएको खाडल जस्ताको त्यस्तै । विस्तारको काम रोकिँदा बनेको खाडल पनि यथावत् छ । खाडलमुनि ढल हालिएको छ । गत वर्ष कपनमा यस्तै खाडलमा परेर एक बालकको ज्यान गएको थियो । निर्माण स्थलमा धराप हुँदा सरोकार भएका निकायको ध्यान नगएकोदेखि धनकुटा र सुनसरीको सिमानामा टुसुक्क बसेको प्रदेश १ को पर्यटकीय क्षेत्र भेडेटारमा बेच्न राखिएका फलफूल, तरकारी, चुर्पी, मिठाइ, बिस्कुट र अन्य स्थानीय उत्पादन । भेडेटारको पर्यटन जत्तिकै चहलपहल यस्ता स्थानीय सामग्रीको किनमेल सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
गोकर्णेश्वर नगरपालिका–१, नयाँपाटी पुलस्थित जोरपाटी–सुन्दरीजल मूल सडक विस्तारका क्रममा करिब चार महिनाअघि बनाइएको खाडल जस्ताको त्यस्तै । विस्तारको काम रोकिँदा बनेको खाडल पनि यथावत् छ । खाडलमुनि ढल हालिएको छ । गत वर्ष कपनमा यस्तै खाडलमा परेर एक बालकको ज्यान गएको थियो । निर्माण स्थलमा धराप हुँदा सरोकार भएका निकायको ध्यान गएको छैन ।धनकुटा र सुनसरीको सिमानामा टुसुक्क बसेको प्रदेश १ को पर्यटकीय क्षेत्र भेडेटारमा बेच्न राखिएका फलफूल, तरकारी, चुर्पी, मिठाइ, बिस्कुट र अन्य स्थानीय उत्पादन । भेडेटारको पर्यटन जत्तिकै चहलपहल यस्ता स्थानीय सामग्रीको किनमेलमा पनि देखिन्छ ।हुम्लाको सदरमुकाम सिमकोटमा भेटिएको पाइप बम । बुधबार भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।गर्मीमा शीतलताका लागि दाङको दङ्गीशरण गाउँपालिका–४ स्थित बबई नदीमा पौडी खेल्दै युवा ।सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका सिलढुङ्गाका स्थानीय डोको बुन्दै । उहाँले यो कामबाट जीविकोपार्जनमा केही टेवा पुगिरहेको बताउनुभयो ।दाङको तुलसीपुर उपमहामनगरपालिकाले जफत गरेका ठेला । सडकपेटी मिचेर ठेला व्यवसाय गरेपछि उपमहानगरपालिकाले ठेला जफत गरेर उपमहानगरपालिकाको प्राङ्गणमा राखेका छ । ठेला व्यवसायका लागि उचित स्थान नहुँदा तुलसीपुरमा ठेला व्यापारी मारमा परेका छन् ।म्याग्दीको मङ्गला गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक तथा पर्यटकीयस्थल चिनाकोट धुरी जाने बाटोमा निर्माण गरिएको रेलिङसहितको पदमार्ग ।तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दी बाराही मन्दिर नजिकै रहेको झरना ।भक्तपुर नगरपालिका–२ इन्द्रायणी पीठको जगमग्न इन्द्रायणी ल्हो हिटी । इन्द्रायणी देवीलाई स्नान गराउने यो हिटीको पानी जाने निकास बन्द भएपछि विगत दुई दशकदेखि यस अवस्थामा पुगेको स्थानीय बताउँछन् ।किराँत ऐतिहासिकस्थल खोटाङको मझुवागढी जाने पदमार्गमा फूलका बिरुवा रोप्दै जिल्लाबासी । पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड‘ बनाउने अभियान सुरु गरिएको छ ।बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेबाट देखिएको बागलुङ बजार ।रामपुर नगरपालिका–३ स्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले कृषकलाई वितरण गर्न राखेको मिनिटिलर ।भोजपुरका पौवादुङमा गाउँपालिकामा स्थानीय कृषकले लगाएको खुसार्नी खेतीको अवलोकन गर्दै कृषि प्राविधिक । गाउँपालिकाले खुसार्नी खेती गर्ने कृषकलाई अनुदानसँगै प्राविधिक तथा आवश्यक उपकरण वितरण गरेर प्रोत्साहन गरिरहेको छ ।बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत म्याग्दीको मङ्गला गाउँपालिका–२ तोराखेतमा सडक विस्तारका लागि पर्खाल निर्माण गरिाँदै । बेनी–दरबाङ सडकको दोस्रो चार किलोमिटर दूरीको सिम–लाम्पाटा खण्ड स्तरोन्नतिको काम सुरु भएको छ ।