धुलिखेल । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको नयाँ आउटलेट धुलिखेल, श्रीखण्डपुरमा सुरु हुने भएको छ । कृषि व्यवसायमा समेत आवद्ध रहेका राकेश श्रेष्ठले असार १० गतेदेखि धुलिखेलमा साथीमार्टको फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याउन लागेका हुन् । ‘लामो समयदेखि कृषि व्यवसायमा आवद्ध भइसक्दा रिटेल सेक्टरमा पनि इच्छा जागेको र साथीमार्टको बारेमा थाहा पाएपछि लोकल लेभलमा स्मार्ट शपिङको अनुभव दिने निणर्य गरेको हुँ,’ श्रेष्ठ भन्छन् ‘समयसँगै अनलाइन रिटेल व्यवसायमा संलग्न हुँदा निकै फाइदाजनक हुने कुरामा विश्वस्त छु । साथै लोकल लेभलमा ग्रोसरी शपिङदेखि सम्पूर्ण घरायसी सामानहरू एकै ठाउँमा उपलब्ध गराँउदा ग्राहकहरूलाई निकै सुविधा हुने मेरो विश्वास छ ।’
उक्त आउटलेटको उद्धघाटन धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यान्जु (श्रेष्ठ)ले गर्नेछन् । साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (www.saathimart.com) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन् । फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पूर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा छिट्टै ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ । एउटै लगानीमा खुद्रा व्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्