×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलको मूल्य फेरि बढाउने तयारीमा देउवा सरकार, ‘दशैंसम्म पेट्रोल लिटरकै ३०० रुपैयाँ नपुग्ला भन्न सकिन्न…’

PRIME CA

पेट्रोलको मूल्य फेरि बढाउने तयारीमा देउवा सरकार, ‘दशैंसम्म पेट्रोल लिटरकै ३०० रुपैयाँ नपुग्ला भन्न सकिन्न…’

९ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल सरकारले पेट्रोलियम पद्धार्थको मूल्य पुन बढाउने तयारी गरेको छ । नेपाल आयल निगम स्रोतका अनुसार भारतबाट मूल्य पुनस् बढेर आउने भएपछी पेट्रोलको मूल्य पुनस् बढेर आउने तयारी भएको हो । अहिले पेट्रोलको प्रति लिटर १९९ रुपैयाँ छ । सरकारले अव पेट्रोलको मूल्य २१० रुपैयाँ पुर्याउनेगरी तयारी भएको आयल निगम स्रोतको दाबी छ ।

‘यस्तै हो भने अव पेट्रोलको मूल्य दशैंसम्म प्रतिलिटर ३०० रुपैयाँसम्म नपुग्ला भन्न सकिन्न । आयल निगम स्रोतले भन्यो, ‘अव कहिले लिटरको ११ त कहिले लिटरको १० गरेर दशैंसम्म पेट्रोल लिटरकै ३०० रुपैयाँ पुग्न सक्ने सम्भावना अधिक छ ।’

यस्तै सरकारले हवाई इन्धनको भाउ पनि बढाउने तयारी गरेको छ भने खाना पकाउने ग्याँसको हकमा फरक फरक मूल्य तोक्ने तयारी सरकारको छ । पेट्रोलको भाउ अत्याधिक बढेपछि मूल्यवृद्धि पनि बढेको छ । ग्याँसको भाउ बढेसँगै नेपाली भान्सा पनि महँगो हुने निश्चित छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: