×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको ७ लाख ७२ हजार ६ सय ६६ कित्ता लिलामी सेयरमा भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समृद्धि फाइनान्सको ७ लाख ७२ हजार ६ सय ६६ कित्ता लिलामी सेयरमा भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

Artha Sarokar

९ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने बिहीबार असार ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले असार १ गतेबाट ७ लाख ७२ हजार ६ सय ६६ कित्ता सेयर लिलामी बिक्री खुला गरिरहेको छ । जसमा कम्पनीले सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता र संस्थापक समूहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्ने कम्पनीले जनाएको छ ।

न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद आज असार ९ गतेसम्म रहेको छ । यसअघि कम्पनीले चैत २९ गतेबाट बैशाख ७ गतेसम्म सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको सेयर अहिले लिलामीमा बिक्री गरिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी