काठमाडौँ । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं.५ घर भई हाल काठमाडौं, कोटेश्वर बस्ने २८ बर्षिय अरुण खड्का सो कसुरमा पक्राउ परेका हुन् ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी प्रभु वैंक लिमिटेड, कोटेश्वर शाखाको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो । उच्च अदालत पाटनबाटले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४ दिन कैद र १० लाख १२ हजार जरिवाना सुनाएको थियो। उनलाई तीनकुने, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।