×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बागलुङ नगरपालिकाले गर्दै नाली बिस्तार, बैँसरी क्षेत्रमा गरिँदै सडक कालोपत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : बागलुङ नगरपालिकाले गर्दै नाली बिस्तार, बैँसरी क्षेत्रमा गरिँदै सडक कालोपत्र

Artha Sarokar

९ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बागलुङ नगरपालिका–२ मरेपिपलमा सडक नाली बिस्तार गरिँदै । यहाँ साँघुरो नाली हुँदा समस्या भएपछि बागलुङ नगरपालिकाले नाली बिस्तार गर्न थालेकोदेखि बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैँसरी क्षेत्रमा सडक कालोपत्रे गरिँदै । सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

बागलुङ नगरपालिका–२ मरेपिपलमा सडक नाली बिस्तार गरिँदै । यहाँ साँघुरो नाली हुँदा समस्या भएपछि बागलुङ नगरपालिकाले नाली बिस्तार गर्न थालेको हो ।बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैँसरी क्षेत्रमा सडक कालोपत्रे गरिँदै ।मनाङको नासो गाउँपालिका–८, ताचैवासी गहुँ चुट्दै । आधुनिक ओैजारहरु भित्रिए पनि केन्द्रीय प्रसारण लाइन यहाँ नहुँदा परम्परागत विधि अपनाएर किसान गहुँ, उवा र करु चुट्छन् ।चाबहिल–साँखु सडक खण्डअन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित सडकको खाल्डोमा पसेको ट्याक्सी । सो सडक निर्माण सुरु भएको पाँच वर्षभन्दा बढीको समय बितिसक्दा पनि थलीमा हालसम्म कालोपत्रे भएको छैन । सडकको दुरावस्थाका कारण सवारी साधन दुर्घटनामा पर्ने गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव कार्यक्रम उद्घाटन गर्दै ।ताप्लेजुङको सुकेटार विमानस्थलको धाउनमार्ग । सुकेटार विमानस्थलमा निरन्तर वर्षा र तुँवालोका कारण एक महिनादेखि उडान अवरुद्ध हुँदै आएको छ ।जिल्ला प्रशासन कार्यालय तनहुँमा मतदाता नामावली सङ्कलनका लागि राखिएको दर्तास्थलमा पालो पर्खिदै सर्वसाधारण । फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि उत्साहजनक सहभागिता देखिएको छ ।भक्तपुर नगरपालिका–८, लिवालीमा दही बनाउन दूध उमाल्दै महिला । भक्तपुरमा उत्पादन गरिने जु जु धौको माग उच्च छ ।काभ्रेपलाञ्चोकको पनैती नगरपालिकाको खोपासी फाँटमा देखिएको हरियाली धानखेती ।शुक्लाफाँटा नगरपालिकाका किसानलाई बिहीबार कृषि सामग्री वितरण गर्दै नगर प्रमुख रणबहादुर महरा । किसानलाई पचास प्रतिशत अनुदानमा नगरपालिकाको कृषि शाखाले स्प्रेटङ्की २७, फुट स्प्रे तीन, सिल्पोलिन प्लाष्टिक १९, डिजिटल तराजु सात, क्रेट ४९, हजारी १२ र सिकेचर र कैँची नौ वटा वितरण गरेको छ ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सहभागी ।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराही गाउँमा टर्कीपालन गरिएको फर्मअगाडि टर्की चारा चर्दै ।मकै खान आउने बाँदर धपाउनका लागि म्याग्दीको मङ्गला गाउँपालिका–२, सल्यानस्थित खेतमा टहरा बनाएर बसेका कृषक । बाँदरले मकै खाएर हैरान गरेपछि किसान उज्यालो भएदेखि बेलुका अबेरसम्म बाली कुरेर खेतमै बस्ने गर्छन् ।पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका –६ स्थित तुरतुरेमा सडक विस्तार गरिँदै । रुकुम(पूर्व) को प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको कमल दह । जुन सिस्ने गाउँपालिका– ५ मा अवस्थित छ । रुकुमकोटमा अवस्थित यस दहमा अहिले ढकमक्क कमल फूल फुलेको छ भने दहभरी कमलको पातको हरियालीले यसको रौनकता थपेको छ । दहमा कमल फूल्न सुरु गरेसँगै आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि बढ्न थालेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी