काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० विजनेश/५० लगानीकर्ता (50 Business/Fifty Investors) कार्यक्रम अन्तर्गत सम्भावित लगानीकर्ताहरू समक्ष २० युवा उद्यमीले आफ्नो नविनतम उद्यमको बारेमा प्रस्तुती गरेका छन् । महासंघको यस कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा समेत गरेको छ ।
मुलुकभित्र नविनतम सोच भएका नवप्रवर्तक स्टार्ट अपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम शुरु गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो । प्रस्तुत योजनामा लगानीकर्ताले रूची देखाएमा महासंघको स्टार्ट अप एण्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्नेछ । महासंघ आफैले आवेदन मार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघ/संस्थाले विभिन्न समयमा गरेका स्टार्ट अपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ शेशनमा भाग लिएका थिए । महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसंग आवेदन समेत माग गरेको थियो ।
पिचिङ शेशनमा कृषि, उत्पादनमुलक, खानपीन, सूचना प्रविधि, सेवासंग सम्बन्धित विजनेश योजना प्रस्तुुत भएका थिए । महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले गत बर्ष चैत्र ९ गते ५० विजनेश/५० लगानीकर्ता (50 Business/Fifty Investors) कार्यक्रमको घोषणा गरेको थियो । पिचिङ शेशनमा आमा एग्रो प्रा.लि., रासन टेक प्रा.लि., नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनुअरशिप सर्भिस(नेम्स),अन्सु टेक्नोलोजि प्रा.लि., लुक्ला आउटडोर,पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपीन, स्वीट फिक्स,बिहे नेपाल,सारङ,कारखाना,ग्लोकल एकेडेमि अफ स्कील, ह्यापी माइण्डस,टेका, बोआफ्रेश,ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसीस छन् ।
महासंघले पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रबर्धनमा काम गर्दै आएको छ । महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ । यूवा उद्यमशीलता विकास र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायलाई सहयोग गर्नुपर्र्ने महासंघको निरन्तर पहलमा स्टार्टअप व्यवसायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू जस्तो ठूला उद्योगसंगको अग्र तथा पृष्ठ अन्तर सम्बन्ध कायम गर्ने, च्यालेन्ज फण्डको स्थापना, इन्कुवेशन केन्द्र संचालन लगायतका कार्यक्रमहरू संघीय सरकारको बजेटमा आएका छन् ।
महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने छन् । महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको औपचारिक शुभारम्भ गर्दै महासंघको यो कार्यक्रमले नविनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुर्याउने विश्वास प्रकट गरेका थिए । महासंघको आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि हाम्रै सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको बताए।
स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रञ्जितराज आचार्यले महासंघको यो प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने विश्वास प्रकट गरे । सभापति आचार्यले समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेश गरेको र यस क्षेत्रको भविष्य निकै राम्रो रहेको बताए । कार्यक्रममा महासंघका पदाधिकारीहरू, पूर्व अध्यक्ष, कार्यकारिणी समितिका सदस्यहरू, स्टार्टअप एण्ड इनोभेसन समितिका पदाधिकारी, सदस्यहरू, सल्लाहकारहरू, स्टार्टअप व्यवसायीहरू लगायतको उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्