काठमाडौँ। जगदम्बा मोटर्सले असार ९ गते पर्पल हेज रक बारमा आयोजित औपचारिक समारोह मार्फत TVS Apache RTR 160 4V RTFI सार्वजनिक गरेको छ। विभिन्न सञ्चारकर्मी, सेलिब्रेटी, नेपाली मोटो भ्लगर र जगदम्बा मोटर्सका प्रतिनिधिहरुको माझमा गरिएको सो कार्यक्रममा लोकप्रिय नेपाली ब्याण्ड कोबवेबको प्रत्यक्ष सांगीतिक प्रस्तुति पनि राखिएको थियो ।
TVS Apache RTR 160 4V RTFI नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल हो जसमा घ राइड मोडहरू ९रेन, अर्बन र स्पोर्ट० जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहर छन् जसले सवारहरूलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यस मोटरसाइकलले स्पोर्ट मोडमा 17.55PS @ 9250rpm र अर्बन र रेन मोडमा 15.64PS @8600rpm पावर उत्पादन गर्दछ। त्यस्तै, यसले स्पोर्ट्स मोडमा 14.73Nm @ 7250rpm र अर्बन र रेन मोडमा 14.14Nm @ 7250 rpm टर्क उत्पादन गर्दछ। राइड मोडहरूले पावर र ABS सेटिङलाई कुनै पनि सवारी अवस्थाहरूमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन्।
मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (RTFI) प्रविधिको BS-VI अनुरूप इन्जिन रहेको छ जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ। यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँछ। यसमा SmartXConnect जस्ता प्रविधिहरू पनि छन् जसले सवारीको बारेमा धेरै जानकारीहरू देखाउँछ र ब्लुटुथ मार्फत राइडरको स्मार्टफोनमा जडान गर्नसकिन्छ। थप रूपमा, मोटरसाइकलमा एग्रेसिभ DRLहेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, ABS जस्ता अन्य धेरै फिचरहरु छन्।
टिभिएस मोटर कम्पनी-भारतका प्रतिनिधिहरूले जगदम्बा मोटर्सलाई नेपालमा टिभिएसको सफलताको लागि बधाई दिँदै नेपाली बजारमा आगामी टिभिएस अपाचे आरटीआर १६० ४भी को सफलताको कामना गरे। उनीहरूले यो मोटरसाइकलले १५० सीसीको सेग्मेन्टमा ‘बिग बाइक’ फिचर ल्याउने आफ्नो दृष्टिकोण रहेको र यसले नेपालमा मात्र नभई विश्वभरका उत्कृष्ट फिचर्सका साथ यो सेगमेन्टमा क्रान्ति ल्याउने बताए ।
कार्यक्रममा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले नेपाली बजारलाई टिभिएसप्रतिको माया र स्नेहका लागि धन्यवाद दिनुभयो र नयाँ टिभिएस अपाचे आरटीआर १६० ४भी RTFको बारेमा कुरा गरे। उनले भने, ‘हामी नेपालमा यति धेरै फिचरसहितको मोटरसाइकल सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौँ। नेपाली बजारले लामो समयदेखि यो मोटरसाइकलको प्रतिक्षा गरिरहेको छ र हामीले लामो समयदेखि यो मोटरसाइकलका लागि जिज्ञासा पाइरहेका छौँ । कुनैपनि अटोमोबाइल ब्रान्डले यस खण्डमा यति धेरै सुविधाहरू सहितको उत्पादन लिएर आएको यो पहिलो पटक हो।यसले नेपालको इन्ट्री लेभल मोटरसाइकल क्षेत्रमा नयाँ बिहानी हुने निश्चित छ ।
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। नेपालमा १३७ डिलर र २०० सेवा र स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, TVSले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्