काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । कृषि आधुनिकीकरणका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले छिटो, छरितो र सजिलो बनाएकोदेखिरसुवा जिल्लाको स्याफ्रुबेँसीस्थित लाङ्टाङ खोला र भोटेकोसीको सङ्गमस्थल । बिहीबार रातिको भीषण वर्षासँगै हिमाली क्षेत्रको जलाशय अत्यधिक बढ्न सक्ने भएकाले त्यसतर्फ नजान जिल्ला विपत् व्यवस्थापन समितिले अनुरोध गरेको सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।
हेरौं फोटो समाचारः
शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । कृषि आधुनिकीकरणका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले छिटो, छरितो र सजिलो बनाएको छ।रसुवा जिल्लाको स्याफ्रुबेँसीस्थित लाङ्टाङ खोला र भोटेकोसीको सङ्गमस्थल । बिहीबार रातिको भीषण वर्षासँगै हिमाली क्षेत्रको जलाशय अत्यधिक बढ्न सक्ने भएकाले त्यसतर्फ नजान जिल्ला विपत् व्यवस्थापन समितिले अनुरोध गरेको छ ।परशुराम नगरपालिका, महाकाली नदी किनारस्थित प्रसिद्ध परशुरामधाममा बनाइएको परशुरामको विशाल मूर्ति । गत आर्थिक वर्षमा निर्मित भगवान् परशुरामको मूर्तिले धार्मिक पर्यटकलाई थप आकर्षण दिने गरेको छ ।दाङस्थित तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रानीजरुवास्थित सम्बेलमा गरिएको तोडफोड । बिहीबार राति १२ बजेतिर अज्ञात समूहले सम्बेलमाथि तोडफोड गरेको हो ।तनहुँको भानु नगरपालिका–८ भतेरे निवासी मनमाया गुरुङको घरमा आगलागी भएपछि शुक्रबार पुर्कोट सेवा समाज दोहा कतारको तर्फबाट रु २० हजार सहयोग हस्तान्तरण गरिँदै । कतारमा रहेका नेपालीबाट रकम सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको हो ।तनहुँको व्यास नगरपालिका–१२ स्थित भड्खाला नजिक सडकमा सुकाइएको पराल । सवारी साधन सञ्चालन हुने सडकमा पराल सुकाइँदा दुर्घटना हुने डर हुन्छ ।तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वीराजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर । उक्त मन्दिरमा भाकल गरेमा मनोकाक्ष पूरा हुने जनविश्वास भएकाले विभिन्न जिल्लाबाट अकलादेवीको पूजा गर्न भक्तजन आउने गर्छन् ।प्रधानमन्त्री एवम् लुम्बिनी बौद्व विश्वविद्यालय कुलपति शेरबहादुर देउवा, विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै ।महोत्तरीको मटिहानी बजारमा बिक्रीका लागि राखिएको फलफूल पसल ।