काठमाडौं । अन्तर प्रदेश चल्ने लामा दूरीको सार्वजनिक सवारीको भाडा घटेको छ । शनिबार रातिबाट सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो ।
विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबाहक गाडीको भाडा साविकको भाडामा न्यूनतम ५.४१ प्रतिशतदेखि अधिकतम ७.६८ प्रतिशतसम्मले घटाइएको छ । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ ।
विभागका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको हो । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।
हेर्नुहोस् नयाँ भाडादर..
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्